• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रधानमन्त्री ओलीका पाँच तुरुप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकता नटुङ्गिदै महाअधिवेशनको तयारी र नेतृत्वमा एकल बर्चश्व कायम गर्ने रस्साकस्सी शुरु भएको छ । आफ्नो एकल बहुमत कायम हुने सुनिश्चित नभएसम्म पार्टी एकताको गाँठो नफुुकाउने मोडमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी शर्मा ओली रहेका छन् ।

आफ्नो पकड कायम गर्न ओलीले एकै साथ पाँच तुरुप खोलेका छन्  । केही समयदेखि नेकपा भित्र दुवै अध्यक्षको स्पष्ट कार्यविभाजन हुनुपर्ने, सबै पक्षलाई समान ढंगले कार्यविभाजन हुनुपर्ने र एकता छिटो सक्नु पर्ने दवाव झेलिरहेका के.पी शर्मा ओलीले एकै साथ पाँच वटा तुरुप खोलेका हुन् । 

पहिलो तुरुप 
ने.क.पा.एमाले र माओवादी केन्द्रबीच एकता हुँदा भएको चार बुँदे सहमति पालना नहुने निकर्षमा प्रचण्डलाई पुग्न नदिने र अल्झाइ रहने तर कार्यान्वयन नगर्ने मनस्थितिमा के.पी शर्मा ओली पुगेका छन् । त्यसका लागि प्रचण्डसँग न नजिकको न टाढाको सम्बन्धमा ओली रहेको प्रचण्ड निकटका नेताहरु बताउँछन् । 

प्रचण्डसँगको एक्ला एक्लै हुने प्रायः वार्तामा के.पी ओलीले विगतमा आफू कमजोर हुँदा माधव नेपालले पेलेको, झापा जिल्लामा समेत आफ्नो पक्षको मान्छेलाई नेतृत्वमा आउन नदिएको, आफ्नो मृगौला प्रत्यारोपणपछि पार्टीको काममा फर्कदा अपमान गरेको र जनकपुर माहाअधिवेशनमा बस्ने कोठा समेत नदिएर हैरान पारेकाले आफू माधव नेपाल पक्षसँग महमति गरेर पार्टी चलाउने पक्षमा नरहेको बताउने गर्छन् । ओलीले प्रचण्डलाई दुवै धारको सर्वसम्मत नेतृत्व तपाईनै हो, दुवै मिलेर अधि बढौं ‘म पछिको नेतृत्व तपाईकै हो’ भन्ने गरेका छन् ।  । 

ओलीको उक्त प्रस्ताव अनुसार अगाडि बढ्दा माधव नेपाल पक्ष आइसोलेसन पर्ने र पार्टी भित्र भाँडभैलो हुने भन्दै प्रचण्ड तर्र्किरह“दा एकता झन लम्बिएको छ । अर्काे तर्फ अहिले. तत्काल माधव नेपाल समुह चिढाएर अधि बढ्न प्रचण्ड राजी नभएपछि के.पी शर्मा ओलीले दोस्रो तुरुप चलाएका छन् । 

दोस्रो तुरुप 
के.पी.शर्मा ओली प्रचण्डसँग जस्तै माधव नेपालसँग पनि वान टु वान वार्तामा छन् । प्रचण्ड–नेपाल बार्तापनि पटक पटक सार्वजनिक नै भएका छन् । माधव नेपालसँग प्रचण्डसँग जस्तो खुलेर वार्ता नभए पनि माधव नेपाल र प्रचण्ड मिलेर बहुमत नबनाउन अथवा बन्न लागेमा भत्काउने खेल खेल्न ओली सचेत छन् ।

स्रोत भन्छ माधव नेपालसँग पनि ओलीले आफूपछिको अध्यक्ष तपाई नै हो भन्ने आश्वासन दिएका छन् । पुर्व एमालेको सैद्धन्तिक धारको रक्षा माधव कमरेडले मात्र गर्न सक्नु हुन्छ, म तपाईसँग छु अहिले एकता प्रक्रिया टुङग्याउ“दा मात्र अलिकत तल माथि भएको हो भन्ने कुराबाट माधव नेपाललाई कभिन्स गर्ने कुरा मै ओलीको प्रयत्न रहेको छ ।

तेस्रो तुरुप 
पछिल्लो पटक काठमाडौँबाट उप निर्वाचन लड्ने वातावरण बनाउदा वामदेव गौतमको तेजवोध गरेकाले वामदेव ओली सम्बन्ध थप चिसिएको थियो । त्यसअघि लामो समय कहिले माधव नेपाल त कहिले झलनाथ खनालसँग नजिकिएका बामदेव काठमाडौं महाधिवेशनमा ओली निकट पुगेपछि उनलाई अध्यक्ष पद हत्याउन सहज भएको थियो । 

श्रोत भन्छ, त्यति बेलै ओलीले गौतमलाई पार्टीको नेतृत्व वा प्रधानमन्त्री बनाउने बचन समेत दिएका थिए । तर, आफू प्रधानमन्त्री भएका बेला विदेश जाँदा कार्यबाहक अध्यक्ष समेत गौतमलाई नदिएपछि उनी पनि ओलीसँग बिच्किएका छन् । 

झन रविन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा पोखरा गएको भावनात्मक र मानवीय विषयलाई समेत वामदेवको उमेद्वारीसंग जोडेर तेजवोध गारइएपछि वामदेव–ओली सम्बन्ध थप बिग्रिएको गैतम निकटका नेताहरु बताउँछन् । उच्च स्रोत भन्छ, अहिले ओलीले वामदेवलाई कास्कीको उप चुनावको तयारी गर्नुस् भनेर सम्बन्ध सुधार्ने प्रयास त गरेका छन् तर गौतम सजिलै ओलीका कुरा पत्याउने पक्षमा छैनन् । गौतमको गाँठो प्रचण्डसँग निक्कै कस्सिंदै गएको छ ।

चौथो तुरुप
मदन भन्डारी फाउन्डेसनको नाउँमा केही दिन अगाडि राजधानीमा ओली पक्षका देश भरका कार्यकर्ताको भव्य प्रशिक्षण भेला सम्पन्न भएको छ । उक्त भोलामा उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल प्रमुख अतिथि थिए भने ओली पक्षकै नेता तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेल प्रमुख वक्ता थिए । देशभरको आफ्नो पङतीलाई सृद्धढ गर्न यिनै दुई नेतालाई जिम्मा दिईएको छ । उक्त कार्यक्रममा प्रचण्ड, माधव नेपाल पक्षधरका कसैलाइ पनि निम्ता गरिएन ।

के.पी ओलीले अबको माहाअधिवेशन सहमतिमा नहुने र आफू पछिको अध्यक्षको चुनावको तयारी गर्न ईश्वर पोख्रेललाई भनिसकेको स्रोतको दाबी छ । 
आफूले चाहेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयको जिम्मेवारी नपाँउदा केही बेखुस भएका पोख्रेल अचेल फेरी ओलीको दौराको फेरमा झुण्डिन पुगेका छन् । त्यसैको बलमा पोख्रेलेले नेकपाका अर्का अध्यक्ष प्रचण्डप्रति शव्दबाण हान्ने गरेका छन् ।

पाचौँ तुरुप 
यी सबै तुरुप प्रयोग गर्दा समेत समेत पार्टीभित्र एकल बहुमत नभए एकता प्रक्रियाा तत्काल पुरा नगर्ने सोचमा ओली रहेका छन । जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि न्यूनतम चालिस प्रतिशत हिस्सा आफ्नो पक्षमा राख्ने र संवैधानिक सीमा भित्र अनुकूल कदम उठाउने अन्तिम अस्त्र प्रयोग गर्ने बिकल्प समेत सुरक्षित राख्नेमा ओली रहेका  छन् । 

बिलखबन्दमा प्रचण्ड !
केपी शर्मा ओलीसँग पार्टी एकता हुँदा गारिएको ४ बँुदे सहमति अब कार्यान्वयन हु“दैन भन्नेमा प्रचण्ड लगभग पुगीसकेको उनी निकट स्रोतले बताएको छ । तर अहिले नै ओलीसँग असमझदारी बढ्दा पार्टी एकता प्रक्रिया नै पुरा नहुने र मसक्कै ओलीसँग मिलेर जान पनि बिश्वासको वाताबरण भत्किएको, ओलीको व्यवहार पटक्कै मन नपरेको र माधव नेपालसँग भर पर्न पनि नसक्ने अप्ठ्यारो स्थितिमा प्रचण्ड छन् ।

देखिएर ओली भर्सेज प्रचण्ड हु“दा लडाई पूर्व माओवादी र एमालेका जस्तो हुने, मसक्कै मिलेर जाँदा पनि कुन समुहसँग मिल्ने जस्ता अप्ठयारोबीच प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् । तर यी उनका अगाडि परिस्थितिले सृजना गरेको बिलखबन्दता नै हो ।

पार्टी एकता पछिको शक्ति संञ्चयमा नेताहरुले गरेका हिसाब कै कारण पार्टी एकता लम्बदै गईरहेको छ । अहिलेकै परिस्थितिमा पार्टी भित्रको समिकरणमा ओली एकल बहुमतमा छै्रनन् । तर उनी एकल बहुमत  सुनिश्चित नभैकन एकता टुङग्याइहाल्ने सोचमा पनि छैनन् । कहिले प्रचण्डलाई आश्वासन दिने र आफू ईतरको समूहमा फाटो ल्याउने, कहिले माधव नेपाललाई च्यापेर विपक्षी गुट कमजोर बनाउन खेल्ने सुविधा भने ओलीलाई छ ।

एकताको भरपर्दो आधार 
नेकपाका शीर्ष नेताहरुले सबै मनोभावनाको न्यायोचित व्यवस्थापन नगरिकन दिगो एकता कायम हुन सक्दैन भन्ने कुरा आत्मसाथ कति छिटो गर्दछन् त्यति नै छिटो एकता सम्पन्न हुनेछ । गुटीय पुवाग्रहले प्रेरित एकताको गाँठो कसिलो ह“ुदैन ।

एकता भनेको नेताहरुको विश्वासयुक्त सम्बन्ध पनि हो । यदी नेताहरुको सम्बन्ध दाउपेच र लेनदेनमा सिमित भयो भने यसले पार्टीमा समस्या मात्र निम्त्याउने छ । सैद्धान्तिक र बैचारिक जगमा उभिएको बिश्वासको सम्बन्धले मात्र एकता बलियो हुन्छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर