• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालको शानदार जित, मलेशिया ८ विकेटले पराजित

आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । सोमबार क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन् । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।

मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे । यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो । सानो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १९ रनमा आउट भए । उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे ।

त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर