सलमानको फिल्म ‘भारत’ को पोष्टर सार्वजनिक
काठमाडौं । बहुप्रतिक्षीत फिल्म ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा अभिनेता सलमान खान फिचर्ड छन् । सलमान एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् ।
सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तस्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ’जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् ।
यो फिल्ममा सलमानका अलावा कटरीना कैफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र सुनील ग्रोवरको पनि अभिनय छ । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।
प्रतिकृया दिनुहोस