• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

नेकपा महासचिव पौडेलद्वारा सियानमा दक्षिण एसिया अध्ययन केन्द्रकाे उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वाविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेका छन् ।

सियान नगर सरकारद्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धनका बारेमा अनुसन्धान गर्दछ । 

उक्त विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा.राजिवकुमार झा सो केन्द्रको निर्देशक हुन्। उनले दिनुभएको जानकारीअनुसार उक्त अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ ।    

सो केन्द्रको उद्घाटन गर्दै महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गरे । हाल चीनमा रहेका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उनको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर