• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

रसुवागढी जलविद्युत् आयोजना निर्माण कार्यको उपराष्ट्रपतिले गरे प्रसंसा

रसुवा । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।   रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गरे । 

उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह समेत गरे । गोसाइँकुण्ड गाउँपालिका– १ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाट क्षमताको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ ।  

आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराएका थिए ।

यस्तै उपराष्ट्रपतिले सोमबार नै गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी र निर्माणाधीन एकीकृत भन्सार कार्यालयको पनि स्थलगत निरीक्षण गरे ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर