• मंगलबार ३-३-२०७६/Tuesday 06-18-2019/ 02:34 am

स्कुटीमा लुकाई राखेको सुनसहित पक्राउ

लुम्बिनी । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।  भारतीय सीमा सुरक्षा बलले डण्डा हेडको बाटो हुँदैं भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको एसएसबीका निरीक्षक विकास रायले बताए । 

 सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको छ ।     
     
 उक्त घटनाबारे सीमावर्ती नेपाली सुरक्षा अधिकारी भने अनभिज्ञ छ । सीमावर्ती जिल्ला रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको बताए । रासस
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विवादास्पद विधेयक फिर्ता लिन राप्रपाको आग्रह

  • २ असार, २०७६

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी

भोलिदेखि गर्मी कम हुदै जाने

  • २ असार, २०७६

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम

लोकसेवाको पछिल्लो विज्ञापन विरुद्ध चितवनमा दलित समुदायको प्रर्दशन ।

  • २ असार, २०७६

चितवन । लोकसेवा आयोगले जारी गरेको पछिल्लो विज्ञापनमा समावेशीता र समानुपातिकता नभएको भन्दै जिल्लाका दलित समुदायले चितवको भरतपुरमा प्रदर्शन गरेका