• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

साईवर क्राईमको उजुरीमा पत्रकार अर्जुन गिरी पक्राउ

पोखरा । पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । केहीदिनअघि ब्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो ।

सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए । पक्राउ परेका पत्रकार गिरीलाई सोमबार नै काठमाण्डौं लैजाने तयारी भैरहेको छ ।

उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ । समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साईवर क्राईमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल रिहाईको माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर