• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

शान्तिसेनामा गएका सशस्त्र प्रहरीको १५० डलर अब कटौती नगरिने

 काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले सोमबार पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताए । “‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका खेलिरहेको छ,” महानिरीक्षक खनालले भने । 

महानिरीक्षक खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताए ।  सशस्त्र प्रहरीले आफ्नो सङ्गठनलाई व्यापकता दिन ११ शिक्षालय स्थापना, ३६ गण निर्माण र १५ हजार जनशक्ति तराईका विभिन्न जिल्लामा खटाएको जनाएको छ । यस्तै सशस्त्रमा भर्ना हुने जवानलाई आवश्यक पाठ्यक्रमसमेत परिमार्जन गर्दै लगिएको महानिरीक्षक खनालको भनाइ छ । 

गृह प्रशासन सुधार कार्ययोजनाअनुसार काम गर्दै आएको सशस्त्र प्रहरी बलले हरेक वर्षको भदौ ६ लाई महानिरीक्षक रक्तदान कार्यक्रमका रुपमा समेत मनाउँदै आएको छ । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिएका  प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० डलरलाई कटौती नगर्ने निर्णय गरेको महानिरीक्षक खनालले बताए । 
सशस्त्र प्रहरीले २०७५ सालमा मात्र ५४८ प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको समेत जनाएको छ । 

    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर