• मंगलबार ३-३-२०७६/Tuesday 06-18-2019/ 03:17 am

पुटिन–किमबीच भेटवार्ताको तयारी

सियोल । उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । 

चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लाग्नुभएका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । 

स्रोतले योनहापलाई भनेको छ, ‘रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ । त्यही समयमा दुबै नेताबीच रुसमै भेटवार्ता हुने सम्भावना छ ।’

राष्ट्रपति पुटिन आगामी अप्रिल २६–२७ मा बेइजिङमा आयोजना हुने ‘वान बेल्ट, वान रोड’ अर्थात् बिआरआईको सम्मेलनमा सहभागी हुनेछन् । 

मस्कोले कोरियाली नेतासँगको भेटवार्ताका बारेमा केही बताएको छैन, तर रुसको सरकारी समाचार संस्था तासले मार्चमा प्रकाशन गरेको एक समाचारमा क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै मस्को र प्योङयाङबीच किमको भ्रमणका विषयमा छलफल भइरहेको जनाएको थियो । ती प्रवक्ताले जतिसक्दो चाँडो किमसँगको भेटवार्ताका बारेमा निर्णय लिइने बताएका थिए ।

दुबै देशका नेताबीचको भेटवार्ताकै सन्दर्भमा दुबै देशका वरिष्ट कुटनीतिक अधिकारीहरुको भेटघाट पछिल्ला दिनमा बाक्लिएको छ । 

किम जोङ–अनका अति निकट ठानिएका किम चाङ–सोनले गन मार्च १९ देखि २५ सम्म मस्को र भ्लाडिभोस्टकको भ्रमण गर्नुभएको थियो । नेता किमको विदेश भ्रमणका सन्दर्भमा सम्पूर्ण तयारीको जिम्मेवारी किम चाङले हेर्ने गरेका छन् । 

यसै महिनाको शुरुमा रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोच्सेभले प्योङयाङको भ्रमण गरेका थिए । पुटिनले गत वर्ष मे महिनामै नेता किमलाई रुस भ्रमणको निम्ता दिएका थिए, तर भ्रमण हुन सकेको थिएन ।

उत्तर कोरियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत फेब्रुअरीको भियतनामको हनोईमा सम्पन्न वार्ता बिफल भएसँगै रुससँगको सम्बन्ध विस्तारमा विशेष ध्यान दिएको छ । 

नेता किमले गत वर्षयता नै चीनको चार पटक भ्रमण गरिसक्नु भएको छ । तर सन् २०११ मा सत्तामा आएपछि नेता किमले रुसको भ्रमण गरेका छैनन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्प र पुटिनबीच भेटवार्ता हुने

  • २ असार, २०७६

मस्को । आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी

चिनियाँ राष्ट्रपति सी जिनफिङ यसै साता उत्तर कोरिया भ्रमणमा जाने

  • २ असार, २०७६

बैजिङ । चिनियाँ राष्ट्रपति सी जिनफिङले यसै साता उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।  ६ वर्षअघि राष्ट्रपति बनेका सी पहिलो पटक प्योङयाङ जान लागेको

ब्रिटेनमा स्यान्डविच र सलाद खादा पाँचको मृत्यु !

  • २ असार, २०७६

एजेन्सी । ब्रिटेनको एक अस्पतालनमा स्यान्डविच र सलाद खाँदा पाँच जनाको मृत्यु भएको छ ।  प्रारम्भिक जाँचमा खानामा लिस्टिरिया संक्रमणका कारण उनीहरुको