वर्षको पहिलो कारोबार : नेप्से सुचक बढेपनि कारोबारमा देखिएन उत्साह

काठमाडौं । विस २०७६ को पहिलो कारोबार आज नेप्से सुचक सामान्य बढेको छ । आज नेप्से सुचक ४ दशमलव ७० अंकले उकालो लागेको छ । 

नेप्से सुचक बढेपनि कारोबारमा भने खासै उत्साह देखिएको छैन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार १६५ कम्पनीको ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच भएका छन् । जसमध्ये नेको इन्स्योरेन्सको सर्वाधिक २ करोड ७५ लाख ५० हजार २०१ रुपैयाँको सेयर किनबेच भएको छ । 

यस दिन सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको सेयर भाउ ७ दशमलव ५६ प्रतिशतले बढेको छ ।यता, सर्वाधिक गुमाउनेमा भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । बैंक सेयर मूल्य ६ दशमलव ८९ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार भएका दश वटा उपपरिसुचकहरु मध्ये छवटा समूहहरु बढेका छन् भने चार वटा उपसुचक घटेका छन् ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ इन्डेक्श आज १ दशमलव १३ अंकले बढेर २ सय ५४ दशलमव ७७ को बिन्दुमा पुगेर बन्द भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर