• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरियाली युद्धमा छुट्टिएका परिवारबीच अब कुराकानी हुने 

तस्बिर : सांकेतिक (वेभ)

सोल । सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताए ।

ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल हुने उपप्रवत्ता लिले बताएका छन् । 

दक्षिण कोरियाले हालै मात्र देशका १३ स्थानमा राखिएका भिडियो उपकरणको मर्मत गर्न थालिएको र यस महिनाको अन्त्यसम्म सबै उपकरण प्रयोग गर्न मिल्ने बताएको छ । 

गत सेप्टेम्बर महिनामा दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इन  र उत्तर कोरियाली नेता किम जोङ–अनबीच भएको तेस्रो शिखर बैठकमा पुनर्मिलनका लागि भिडियो उपकरण जडान गर्ने विषयमा सहमति भएको थियो ।  

उत्तर कोरियाली नेतालाई भेट्ने तयारी

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताएका छन् ।  

मूनले सोमबार वरिष्ट सरकारी अधिकारीहरुसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताएका हुन् । 

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो । 

सो सम्मेलनका क्रममा दुई कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गरेका थिए । 

ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर