• मंगलबार ३-३-२०७६/Tuesday 06-18-2019/ 03:19 am

१५०० कर्मचारीमाथि कारवाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५ सय ३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । 

केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए । उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् । 

निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ । 

यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विवादास्पद विधेयक फिर्ता लिन राप्रपाको आग्रह

  • २ असार, २०७६

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी

भोलिदेखि गर्मी कम हुदै जाने

  • २ असार, २०७६

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम

लोकसेवाको पछिल्लो विज्ञापन विरुद्ध चितवनमा दलित समुदायको प्रर्दशन ।

  • २ असार, २०७६

चितवन । लोकसेवा आयोगले जारी गरेको पछिल्लो विज्ञापनमा समावेशीता र समानुपातिकता नभएको भन्दै जिल्लाका दलित समुदायले चितवको भरतपुरमा प्रदर्शन गरेका