सुनवल नगरपालिका भित्रका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा

नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै जेष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बीमा कार्यक्रम प्रभावकारी भएको छ  । 

एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक रू ५० हजार बराबरको निःशुल्क  स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ । 

देवदह मेडिकल कलेज  र  सुनवल नगरपालिकाबीच ७५ प्रतिशत रकम नगरपालिका र २५ प्रतिशत रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो । 

पहिलो चरणमा एक वर्षका लागि लागू गरिएको कार्यक्रमबाट करीब चार सय ज्येष्ठ नागरिकले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि नेपालले बताए । 

नगरपालिकाका अनुसार गतवर्ष दुई हजार ८५८ ज्येष्ठ नागरिकको  बीमा गरिएकामा ४०० ले बीमा अनुसारको सेवा लिएका थिए । बीमा गरेका व्यक्तिले एक वर्ष्भित्र सो मूल्य बराबरको औषधि उपचार, ल्याब, औषधिलगायत सेवा निःशुल्क प्राप्त गरेका थिए । 

साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायमा सो अभियान ल्याइएकामा   नगरपालिकाले रु ३६ लाख ९५  हजार र करीब रु १३ लाख उक्त कलेजले व्यहोरेको थियो । 

यसैबीच नगरपालिकाले अहिले पनि प्रत्येक चार महीनामा ज्येष्ठ नगारिकको नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपालले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर