• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:01 am

बम विस्फोटमा ७ बालबालिकाको मृत्यु 

लाघमान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ । 

यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गरेका छन् । 

अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा एक सय सात जनाको मृत्यु हुुने गरेको एक सरकारी तथ्याङ्कमा उल्लेख छ । 

अफगानिस्तानका तीन हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा बिछ्याइएका विस्फोट पदार्थलाई निस्तेज बनाइएको छ, तर अर्को एक हजार ७०० वर्गकिलोमिटर क्षेत्रमा भूमिगत बारुदी सुरुङ सफा गर्न बाँकी रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्रीलङ्का बिस्फोट अपडेट : मृत्यु हुनेको संख्या कम्तिमा २०७ , संयौं घाइते

  • ८ बैशाख, २०७६

श्रीलंकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २०७ पुगेको छ । विस्फोटमा ५०० भन्दा बढी घाईते भएका छन् । बिहानको

चर्च र होटलमा भएको बिस्फोटमा कम्तिमा १३८ जनाको मृत्यु, सयौं घाइते

  • ८ बैशाख, २०७६

श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी कम्तिमा १३८ जनाको मृत्यु भएको छ ।  ६ स्थानमा

श्रीलंकामा श्रृंखलावद्ध बम विष्फोट कम्तीमा २५ जनाको मृत्यु 

  • ८ बैशाख, २०७६

एजेन्सी । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा बढी घाइते भएका छन् ।  इसाई धर्मावलम्बीहरुले