• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

विश्वमै पहिलो चीनले पानी र जमिनमा चल्ने सैन्य ‘ड्रोन’ जहाज बनायो

तस्बिर : ग्लोबल टाइम्स

एजेन्सी । चीनले विश्वमै पहिलो उभयचर अर्थात् पानी र जमीन दुवैमा चल्ने सैन्य ‘ड्रोन’ जहाजको सफलतापूर्वक परिक्षण गरेको छ । चिनियाँ सैन्य विश्लेषकहरुको मान्यताअनुसार, यस ड्रोन जहाज जमिनमा आक्रमण गर्नका लागि उपयोगी र हवाई ड्रोन तथा अन्य ड्रोनका साथ मिलेर युद्धमा त्रिकोण बनाउनमा सक्षम रहने चिनियाँ सञ्चारमाध्यमले बताएका छन् । 

चीनको ‘शिप बिल्डिङ इन्डस्ट्री करर्पोरेशन’(सीएसआइसी)मार्फत आउने ‘वुचांग जहाज निर्माण कम्पनी’द्धारा निर्मित ‘मरिन लिजर्ड’ नामक यस ड्रोन जहाजले डेलिभरी जाँच सफलतापूर्वक पुरा गरेको र वुहानमा ८ अप्रिलका दिन कारखानाबाट बाहिर आएको चीनको सरकारी समाचार पत्र ‘ग्लोबल टाइम्स’ले सोमबार जानकारी दिएको छ । एक अधिकारीका अनुसार, १२ सय किलोमिटरको अधिकतम अभियान रेन्जको मरिन लिजर्डलाई उपग्रहहरुको माध्यमबाट रिमोट कन्ट्रोल गर्न सकिन्छ । 

यसको नातीको रुपमा विकसित १२ मिटर लामो मरिन लिजर्ड भने तीन समानान्तर भाग भएको एक जहाज हो, जुन डिजेलबाट चल्ने हाइड्रोजेटको मद्दतले अगाडि बढ्छ र रडारबाट बचेर निक्लँदै अधिकतम ५० नोटको गतिसम्म पुग्न सक्छ । 

समाचारमा अज्ञात अधिकारीलाई उध्रृत गर्दै भनिएको छ, जमिनमा पुगेपछि यस उभयचर ड्रोन जहाज आफूभित्र राखिएको चार ट्र्यांक बाहिर निकाल्न सक्षम छ र जमिनमा प्रतिघण्टा २० किलोमिटरको गतिले चल्न सक्छ । 

करिब १७९ अर्ब डलरको रक्षा बजेटका साथ चिनियाँ सेनाले हालै नयाँ हतियारहरुको दुरी विकसित गर्नमा ध्यान दिइरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर