सहुलियतपूर्ण कर्जा थप प्रभावकारी बनाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५' अनुसार  सहुलियतपूर्ण कर्जालाई थप प्रभावकारी बनाउन उल्लेखित कर्जाहरुको बार्षिक लक्ष्य निर्धारण गरी आ-आफ्ना शाखा कार्यालयहरुमार्फत कर्जा प्रवाहलाई सहजीकरण गर्ने व्यवस्था गर्न परिपत्र गरेको हो । 

शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था कर्यविधिमा छ ।

कार्यविधिमा व्यवस्था गरिएपनि कार्यान्वयनमा बैंकहरुलाई आलटाल गरेपछि केन्द्रिय बैंकले परिपत्र गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर