• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी ८ टिममध्य कसले जित्ला यसपालीको च्याम्पीयन्स लिग ?

एजेन्सी । विश्वकै सर्वाधिक प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पीयन्स लिगको क्वाटरफाईनलका पहिलो लेगका खेल सकिए । जुनसुकै बेला जुनकुकै टोली विरुद्ध कम्ब्याक गर्न सवै टोली सक्षम छन् । त्यसैले पहिलो लेगकै आधारमा च्याम्पीयन्स लिगको उपाधि कसले जित्छ भन्ने किटान गर्नु हतारो हुने छ । 

साविक विजेता स्पेनिस रियल मड्रिय बाहिरिसकेको छ । चर्चामा रहेका यथ्लेटिको मड्रिड तथा पेरिस सेन्ट जर्मन पनि पाखा लागिसकेका छन् ।

म्यानचेष्टर सिटी :
सिटीका कोच पेप ग्वार्डिओलासँग च्याम्पीयन्स लिगको उपाधि उचालिसकेको अनुभवन छ । बार्सिलोनामा छँदा उनले त्यो अनुभव बटुलेका हुन् । अहिले उनको टोली सिटी गज्जबको लयमा छ । बेट ३६५ नामको अनलाईनले गरेको सर्बेक्षण अनुसार सिटीले १०÷३ जित्ने संभावना छ । उसलाई पहिलो लेगमा घरेलु प्रतिद्दन्दी टोटह्यामले हराएको थियो । त्यसका बाबजुत पनि सिटी उपाधिको बलियो दाबेदार हो ।

बार्सिलोना :
प्रिमियर लिगको बलियो दाबेदार म्यान्चेष्टर युनाईटेडलाई पहिलो लेगमा हराएपछि सिटी भन्दा बार्सिलोनाको च्याम्पीयन्स लिग जित्ने संभावना बढेको छ । बार्सिलोना ५÷२ को अवस्थामा छ । पुराना कप्तान आन्द्रेस ईनियस्टाले बार्सा छोडेकाले नयाँ कप्तान लियोनल मेसी चम्कने र उनको कप्तानीमा युरोपको च्याम्पीयन बन्ने संभावना धेरै छ । 
लिग चरणमा बार्साले टोटनह्याम, ईन्टर मिलान तथा लियोनलाई सजिलै पाखा लगाएको थियो । 

युभेन्टस :
गएको समरमा रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो १ सय मिनियन युरोमा युभेन्टस भित्रिएपछि युभेन्टसको मात्र हैन ईटालियन सिरि ए कै भाऊ बढ्यो । घरेलु लिगमा उसको दबदबा नै चलिरहेको छ । च्याम्पीयन्स लिगमा भने रोनाल्डोका पुरानै प्रतिद्वन्दी यथ्लेटिकोले लिग चरणको पहिलो लेगमा सत्तो लिएको थियो । दोश्रो लेगमा रोनाल्डो चम्किए र टिमलाई अघि बढाए । क्वाटरफाईनलमा अजाक्स विरुद्ध बराबरी खेलेको युभेन्टसको च्यम्पीयन्स लिग जित्ने संभावना ४÷१ रहेको छ ।

लिभरपुल :
गत वर्ष लिभरपुलले च्याम्पीयन्स लिगको यात्रा रनर अप भएको टुंग्यायो । जर्मन जाईन्ट वार्यन म्युनिख जस्तो बलियो टिमलाई रोकेकाले पनि अहिले उसको संभावना ७÷२ रहेको छ । पहिलो लेगमा पोर्टो विरुद्ध निकालेको जितले उसलाई सेमिफाईनलको यात्रामा एक पाईला अघि देखिएको छ ।

म्यानचेष्टर युनाईटेड :
युनाईटेड कठिन प्रतिद्धन्दीको सामना गरिरहेको छ । घरेलु मैदानमा बार्सिलोनाले १–० गोलको हार चखाएर उपाधि यात्रा कठिन बनाईदिएको छ । पि एस जि जस्तो टिमलाई हराएर अघि बढेको हुनाले उसले कमब्याक गर्र्नेै सक्दैन भन्ने छैन । त्यसैले उसले उपाधि भित्र्याउने संभावना २०÷१ देखी ४०÷१ सम्म रहेको छ । 

टोटनह्याम :
टोटनह्यामलाई च्याम्पीयन्स लिगको अण्डर डग भन्दा पनि हुन्छ । तर, म्यानचेष्टर सिटीसँग बराबरीमा रोकिएपछि उसको अघि बढेर कप जित्ने संभावना १६÷१ देखी २५÷१ सम्म छ ।

अजाक्स : 
अजाक्स पनि च्याम्पीयन्स लिगको अण्डर डग नै हो । वार्यन म्यूनिख र रियल मड्रिड जस्ता क्लबलाई हराएकाले उसले जे सुकै गर्न सक्छ । 
उसको संभावना १६÷१ देखी २५÷१ अथवा टोटह्याम बराबर छ । डच टिमको च्याम्पीयन्स लिग जित्ने संभावना १००÷१ छ । 

पोटों :
पोर्चुगिज टिम पोर्टोको च्याम्पीयन्स लिग जित्ने संभावना २५०÷१ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर