• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पत्रकार गिरीको पक्राउपछि पोखराका पत्रकार संघ संगठनको विरोध, तत्काल रिहाइको माग

पोखरा । समाचार लेखेकै आधारमा साईबर क्राईम सम्बन्धी मुद्धामा पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेपछि पोखराका पत्रकार संघ संगठनहरुले विरोध जनाएका छन् । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनलाई सिआईवीको निर्देशन अनुसार कास्की प्रहरीले पक्राउ गरेर काठमाण्डौं पठाएको हो । गिरीको पक्राउको विरुद्ध पोखराका सबैजसो पत्रकार संघ संगठनले विज्ञप्ती निकालेर बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रले विज्ञप्ती निकालेर स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको बताएको छ ।

यस्तै पत्रकार महासंघ कास्कीले विज्ञप्ती मार्फत गिरीको तत्काल रिहाईको माग गरेको छ । पत्रकारका मुद्धा प्रेस काउन्सिल मार्फत जानुपर्ने भन्दै पोखराका पत्रकारहरुले विरोध जनाए । प्रेस संगठन नेपाल कास्की, नेपाल प्रेस युनियन कास्की, आदिवासी जनजाति पत्रकार महासंघ, खेलकुद पत्रकार मञ्च गण्डकी लगायत संघ संस्थाले तत्काल रिहाईको माग गर्दै विज्ञप्ती जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर