• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले वर्तमान सरकारले वर्ष २०७५ मा जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार स्म्मेलन गर्दे काग्रेसले दुई तिहाईको सरकासंग काम गर्ने प्रसस्त आधार र वातावरण हुदा पनि जनअपेक्षा अनुसार कार्य गर्न नसकेको आरोप लगाएको हो ।

शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका क्षेत्रमा पनि सरकारले उल्लेख्य काम गर्न नसकेको काग्रेसको आरोप छ । त्यस्तै वर्ष ०७५ मा संवैधानिक परिषद्लाई कार्यपालिका झै एक पक्षीय बनाउने दुस्प्रयासलाई गति दिएको , सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको काग्रेसको ठहर छ ।

त्यस्तै शान्ति सुरक्षाका क्षेत्रमा र भ्रष्टाचार अन्त्य गर्ने बिषयमा पनि सरकार चुकेको काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए ।  आफ्ना कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको भनाई छ । प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै धन्यवाद दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर