• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'धर्मनिरपेक्षता हाम्रो माग थिएन, को बाट र कहाँबाट आयो ?' – शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । उनले भने,‘अहिलेसम्म हामीले सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएका हौं । हामीले संविधानपनि सहमतिमै ल्यायौं । संविधान हाम्रो साझा दस्तावेज हो । हामी सबैको कार्यदिशा त्यही हो ।’

नेता शर्माले अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु भएको स्पष्ट पारे ।’ उनले धर्मलाई बोकेर हिँड्न नहुनेपनि तर्क गरे । उनले भने,‘धर्म बोकेर हिँड्दा राम्रो हुँदैन् । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्राे हुन्छ ।’ 

आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए । उनले भने,‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पु¥याउनुपर्छ ।’ 

उनले धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे । शर्माले सुनाए,‘त्यतिवेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन् । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपुर्व नै धर्म निरपेक्षता बनाईयो । त्यतिवेला सरकारमा कांग्रेस र तत्कालिन् नेकपा एमाले नै थियो । त्यतिवेला त्यो एजेण्डा नै थिएन् । को बाट आयो ? कहाँबाट आयो ? हामीलाई थाहा थिएन् । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।’

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए । उनले भने,‘सरकारको पहिलो वर्ष आधार वर्ष भयो । ऐन, कानूनहरु ल्याउनुपर्ने थियो । ती सबै ल्याएको छ । अब अर्को वर्षदेखि काम देखिन्छ । आगामी वर्षमा यो सरकारले परीणाम दिन्छ ।’ 

आफूहरुको अबको एजेण्डा आन्दोलन नभएर मुलुक समृद्ध बनाउनको लागि युद्धस्तरमा काम गर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘हामी एक आपसमा नमिलिकन सुखै छैन् । एक्लै विकास र समृद्धि हाँसिल गर्न सम्भव छैन् ।’

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै भीन्न मतलाई सम्मान गर्ने भएकोले सरकारले प्रतिपक्षलाई निषेध नगर्ने उनले विश्वास दिलाए । उनले भने,‘जसले निषेधको राजनीतिक गर्छ, त्यो पार्टी टिक्दैन् ।’

त्यस्तै उनले पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेको जनाए । उनकाअनुसार यही बैशाख ०९ गतेसम्म तल्लो तहको एकता टुँगो लाग्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर