• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

डोटीमा एकिकृत बृहत् जनस्वास्थ अभियान शुरु

डोटी । दुर्गमका विरामीहरुलाई लक्षित गर्दै डोटीको बोगटान गाउँपालिकामा   दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।  

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना,  नेपालगञ्ज मेडिकल कलेज, गेटा आँखा अस्पताल र हिमाल डेन्टल हस्पिटलको   प्राविधिक सहयोगमा  शिविरको आयोजना गरिएको हो । 

शिविरमा स्त्री रोग विशेषज्ञ, जनरल मेडिसिन, आयुर्बेद्यिक चिकित्सा, डेन्टल सेवा, आँखा शिविर, महिलाको पाठेघर चेक जाँचसेवा , स्वास्थ शिक्षा प्रर्दशनी , गर्भवती महिलाको भिडियो एक्सरे जाँच लगायतका विशषज्ञहरुले सेवा दिइरहेका छन् । 

पहाडी जिल्लामा महिलाको पाठेघर खस्ने समस्या सबै भन्दा ठुलो समस्याको रुपमा देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् । दुर्गमका विरामीले कुनै किसमको रोग बाट अकालमा ज्यान गुमाउन नपरोस् र सुदुरपश्चिमको  पहाडी क्षेत्रका महिला हरुमा पाठेघर खस्ने समस्या भएकाले त्यस्ता बिरामीलाई छनोट गरी निःशुल्क शल्यक्रिया गर्ने स्वास्थ निर्देशनालय डोटीका जनस्वास्थ अधिकृत रमेश  मलासी ले बताए । उक्त अभियान ४ र ५ गते सम्म संचालन हुनेछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर