• सोमबार ३-३०-२०७६/Monday 07-15-2019/ 11:56 pm

जनताको अवस्था बुझ्न राष्ट्रपति सी जिनफिङले गरेको 'सरल भ्रमण' (फोटोफिचर)

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनफिङले गरिबी निवारण सम्बन्धी प्रगतिबारे बुझ्नका लागि सोमबार चीनको दक्षिणपश्चिमी  छुङकिङ स्थित सिन्चु थुजिया स्वासाशित क्षेत्रको हुआसी गाउँ भ्रमण गरेका छन् ।  उनले अत्यन्त सरल तरिकाले त्यस गाउँका स्थानीयसँग छलफल गरेका छन् ।

यस दौरान चिनियाँ सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले समस्याको स्थायी समाधानका लागि खाद्यान्न, कपडाका आधारभुत आवश्यकताको पहुँच तथा अनिवार्य शिक्षाको पूर्ण प्रत्याभूति, आधारभूत स्वास्थ सेवा तथा सुरक्षित आवासको विषयमा गाउँका सर्वसाधारणसँग छलफल गरेका थिए । 

सीले गाउँका वृद्धवृद्धासँग पनि उनीहरुको वार्षिक आय र व्ययबारे सम्पूर्ण विवरण लिए, जसमा ग्रामिण भत्ताले उपचारमा कतिसम्म सहयोग गर्न सक्यो र आफ्ना सन्तानबाट कति रुपैयाँसम्म प्राप्त गर्छन् भन्नेबारे जानकारी लिएका थिए । 

‘जब पार्टीको नीतिले जनतालाई लाभ पुर्याउँछ, तब मात्रै नीति राम्रो मानिन्छ’, सीले वृद्धवृद्धासँगको कुराकानी क्रममा भने । 

चीनले सन् २०२० सम्ममा देशका सबै ग्रामिण क्षेत्रमा रहेका जनतालाई गरिबीको रेखा बाहिर ल्याउने लक्ष्य लिएको छ । यदि सीको यो लक्ष्य सफल भयो भने चिनियाँ इतिहासमै पहिलो हुनेछ । 

राष्ट्रपति सीले झोंगी गाउँको एक प्राथमिक स्कूलमा पनि पुगे । त्यहाँ शिक्षक शिक्षिका र विद्यार्थीहरुसँग कुराकानी गरे । एक शिक्षिकाले १७ वर्षअघि आफूले यही विद्यालयबाट स्नातक सकेपछि, त्यही स्कूलको शिक्षिका बनेको सीलाई बताइन् । 

सीले शिक्षिकाको कामलाई अर्थपूर्ण बताए । सीले त्यस दौरान धेरैभन्दा धेरै देशका युवा आर्थिक संघर्ष गरिरहेका क्षेत्रमा काम गर्न र गाउँको शिक्षामा विकास पुर्याउने आशा लिएको बताए ।

(तस्विर : चाइना डेली)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाढीको वितण्डा : चार दिनपछि पनि सकस उस्तै  [फाेटाेफिचर]

  • ३० असार, २०७६

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले काठमाडौँको कुलेश्वरमा रहेको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगा प्रयोग गरेर बाढीमा फसेका

जहाँ बाढीले कन्तबिजोग बनायो...[फोटोफिचर]

  • २८ असार, २०७६

बुधबारदेखि भएको वर्षाका कारण जलमग्न भएको जनकपुर एयरपोर्टको धावनमार्ग ।    राप्ती नदीको डुवानपछि दाङको गडवा गाउँपालिका –५, बोधिपुरका

कालिमाटी तरकारी बजारकाे प्रयाेगशालामा कृषिमन्त्रीको अनुगमन

  • २७ असार, २०७६

काठमाडौँ । कृषि मन्त्री चक्रपाणी खनालले शुक्रबार विहान कालिमाटी तरकारी बजार भित्रको विषादी प्रयाेगशालामा छड्के अनुगमन गरेका छन् । भारतबाट आयात