• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

थवाङबाट मन्त्री पुनको आव्हान : विप्लव समूह बार्तामा आउ, जनताका सपना सरकारले पूरा गर्छ

रोल्पा । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जनताका समृद्धिका सपना जनमतको माध्यमबाटै पुरा गर्न सकिने बताएका छन् । गन्तव्य जलजला कार्यक्रमका क्रममा रोल्पाको थवाङ पुगेका मन्त्री पुनले चन्द समूहले सुरु गरेको ससस्त्र अभियानप्रति लक्षित गर्दै भने, ‘जनताको जनमतको बाटोबाट नै जनताका समृद्धिका चाहाना पुरा गर्न सकिन्छ ।

‘गन्तव्य जलजला’ अभियानका क्रममा रोल्पाको थवाङ पुगेका पर्यटकहरुलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले संविधानले नै जनताका अधिकार सुनिश्चित गरिसकेकाले अव सशस्त्र अभियानको आवश्यकता नरहेको प्रष्ट पारे । विप्लव समूहलाई बार्तामा आउन आव्हान गर्दै उनले भने, ‘सरकार बार्ता र सम्बादबाट समस्याका समाधान गर्न तयार, अहिलेको अवस्थामा जनमतबाटै जनताका आकाँक्षा पुरा गर्न सकिन्छ ।’

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरि नेपालका १ सय स्थानलाई भ्रमणको गन्तव्य तोकेको छ ।  सोही सूची अन्तर्गत रोल्पाको जलजला पनि एक हो । जनजलामा पर्यटक भित्र्याउन आफुले पूरा पहल गर्ने प्रतिवद्धता जनाउदै मन्त्री पुनले पर्यटकका लागि आधारभूत आवश्यकता समेत रोल्पामा उपलव्ध हुने बताए ।

रोल्पालाई पूर्ण रुपमा उज्यालो बनाउन सवै जलविद्युत आयोजनाहरु निर्माणको प्रकृयामा प्रवेश गरिसकेको बताउँदै मन्त्री पुनले केही वर्षभित्रै रोल्पा उज्यालो हुने बताए ।

  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर