एनिभर्सरीकै दिन बाबु बने आर्यन

काठमाडौं । नायक आर्यन सिग्देल बाबु बनेका छन् । शुक्रवार दिउँसो साढे १२ बजे श्रीमती सपना भण्डारी सिग्देलले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । 

विवाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरु बाबु आमा बनेका हुन् । आर्यन र सपनाले वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह गरेका थिए । 

बसुन्धारामा रहेको चिरायु अस्पतालमा पहिलो सन्तानको जन्म दिएकी आर्यन पत्नी सपना र बच्चाको स्वास्ग्य स्थिती राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

केही समय अगाडि सपनाले बेबी बम्प देखाएर श्रीमान् आर्यनसँगको रोमान्टिक तश्बिर फेसबुकमा साझेदार गरेकी थिइन् । उक्त समयमा पनि निकै खुसी देखिएका आर्यन आज छोरालाई काख लिएर निकै हर्षित देखिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर