• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नुसरत जहाँ राफी जसलाई यौन दुर्व्यवहारको उजुरी गर्दा ज्युँदै जलाइयो

एजेन्सी । बंगलादेशमा यौन दुर्व्यवहार विरुद्ध प्रहरीमा उजुरी दिन पुगेकी एक किशोरीको जलाएर हत्या गरिएको छ ।

विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको विषयमा प्रहरीमा उजुरी गरेपछि नुसरत जहान राफीलाई विद्यालयमै मट्टितेल खन्याएर जलाइएको हो । राजधानी ढाकाबाट सय माइल दक्षिणमा पर्ने फेनीकी १९ वर्षे नुसरतले आफ्नै प्रधानाध्यापक विरुद्ध प्रहरीमा उजुरी दिएका थिइन् । प्रहरीमा उजुरी गरेको दुई हप्ता पनि नवित्दै उनीमाथि मट्टितेल खन्याएर आगो लगाइएको हो । जलाइएको पाँच दिनमा नुसरतको मृत्यु भएको हो । उनी मद्रसामा अध्ययनरत थिइन् । नुसरत माथि भएको उक्त घटनाले बंगलादेशमा सबैको ध्यान तानेको छ । 

नुसरतले प्रहरीमा दिएको उजुरी अुनसार प्रधानाध्यापकले उनलाई आफ्नो अफिसमा बोलाए र असहज हुने गरी गोप्य अंगहरुमा छोए । तर त्यो भन्दा धेरै केहि हुनुअगाडि नुसरत प्रधानाध्यापकको अफिस कोठाबाट भागिन् । दक्षिण एसियाली देशमा यौन दुव्र्यवहारका घटना बढ्दो रहेपनि धेरैले यसलाई लुकाउने गरेका छन् । तर नुसरतले हिम्मत गरेर आफ्नो परिवारको सहायतामा प्रहरीमा उजुरी गरेकी थिइन् । 
नुसरतले प्रहरीमा उजुरी लेखाउँदै गर्दा प्रहरीले उनको भिडियो खिच्दै गरेका थिए । उक्त भिडियोमा नुसरत आफ्नो मुहार ढाक्ने प्रयास गरिरहेकी थिइन् भने प्रहरीले भने यो विषयलाई धेरै ठूलो कुरो होइन भन्दै गरेका थिए । 

प्रहरीमा उजुरी गरेपछि नुसरतका लागि झन कठिन बन्यो । प्रहरीले प्रधानाध्यापकलाई पक्राउ त गर्यो तर उनका समर्थकहरु उनको रिहाइको माग गर्दै सडकमा जम्मा भए । दुईजना छात्रले उक्त  जुलुस आयोजना गरेका थिए जसमा स्थानीय राजनीतिकर्मी समेत सहभागी थिए ।

यो घटनापछि ६ अप्रिलमा नुसरत आफ्नो अन्तिम परिक्षामा सहभागी हुन विद्यालय गएकी थिइन् । उनलाई दाजुले स्कुल पुर्याएका थिए । तर स्कुलको गेटमा आफुलाई रोकिएको र भित्र प्रवेश गर्न नदिइएको दाजु महमुदुल हसन नोमनले बताए । ‘यदि मलाई नरोकिएको भए मेरो बहिनीमाथि यस्तो हुँदैन थियो ।’ 
नुसरतको मृत्युले बंगलादेशलाई आन्दोलित बनाएको छ । हजारौँले सामाजिक संजालमा आफ्नो विरोध प्रकट गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर