• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राष्ट्रपतिको राजकीय चीन भ्रमण वैशाख ११ देखि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने भएकी छिन् ।

भ्रमणका क्रममा उनी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने तय भएको छ । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनुे कार्यक्रम छ । नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । 

राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन् ।  बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नुहुनेछ भने स्वदेश फर्कदा चीनको स्वासाशित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने तय भएको छ । 

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर