• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गजल (अनुष्टुप् छ्न्द)

तिमी हौं हौसला मेरो तिमी नै जोश जागर
तिमी आकाशकी जून तारा हौं अझ सुन्दर

त्यसैले जिन्दगी मेरो चलेको छ यताउता
रोकिन्नन् पाइला कैल्यै कुदेकाछन् बराबर

रोगमा,शोकमा मेरो भोक,प्यास हटाउँछ
तिमीले हातमा हात राख्दाखेरि निरन्तर

अप्सरा स्वर्गकी जस्तै देख्छु मैले सधैंभरि
यस्तै देख्न मिलोस् फेरि तिम्रो रूप र नज्जर

साच्चै साथ हुँदा प्यारी केही याद नआउने
ओखती एक हौं मेरो वैद्य,ज्योतिष डाक्टर

स्वास हौं प्राण हौं सानू तिमी हृदय मालिक
तिमी गौरवको बस्ती तिमी नै हौं नयाँ घर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर