शक्तिशाली बम र हतियार बनाउन प्रयोग हुने बिष्फोटक सामग्री पक्राउ 

पदम राज भट्ट/कैलाली । शसस्त्र प्रहरी बल बेश क्याम्प डुडेझारी कैलालीले ठुलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ । शुक्रबार राती करिब १२ः४५ बजेतिर भारतको दिल्लीबाट काठमाडौँ आउँदै गरेका बसबाट ती सामाग्री बरामद गरिएको हो । 

दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ७२४५ नम्बरको बसमा बम तथा अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर सहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका समाग्रीहरु बरामद गरिएको बेश क्याम्पका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए । 

उनले शंका लागेर राती बस जाँचका क्रममा उक्त समानहरु फेला परेपनि बसलाई भने छोडीएको बताए ।

तर बिहान समान जाँच गर्ने क्रममा डिटोनेटर फेला परेपछि उक्त बसलाई अहिले नवलपरासीमा नियन्त्रणमा लिईएको जानकारी दिए । फेला परेको समानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी भैरहेको डिएसपी केसीले बताए ।

उता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बम बनाउन प्रयोग हुने सामाग्रीहरु रहेको भन्ने जानकारी आएको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर