कालीगण्डकीमा राफ्टिङ महोत्सव सम्पन्न 

कमल अधिकारी /पाल्पा । पाल्पा, स्याङ्गजा र तनहुँ जिल्लाका स्थानीय तहहरुको संयुक्त आयोजनामा कालीगण्डकी नदीमा राफ्टिङ  महोत्सव गरिएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरिएको यस महोत्सवलाई धार्मीक पर्यटनकालागी महत्वपूर्ण मानिएको छ । पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भएको राफ्टिङ महोत्सव शनिबार पुट्टारघाटसम्म पुगेर सकिएको हो ।

कालीगण्डकी नदीको तल्लो क्षेत्र पाल्पा, स्याङ्गजा र तनहुँको नवलपुरमा नियमित राफ्टिङ  सञ्चालनका लागि महोत्सव आयोजना गरिएको हो । रामपुर नगरपालिकाको आयोजनामा पाल्पाको रम्भा गाउँपालिका तनहुँको घिरिङ्ग गाउँपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाले संयुक्र्त राफ्टिङ  महोत्सवको आयोजना गरेका हुन् ।

राफ्टिङ  महोत्सवको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नेपालकै धार्मिक रुपमा महत्व बोकेको शालिग्राम शिला प्राप्त गर्न सकिने एकमात्र नदि कालीगण्डकी रहेको बताए । उनले नदिको बहाब परिवर्तन गर्ने कुरा आफूलाई मान्य नहुने बताए । मन्त्री गुरुङले भने कालीगण्डकीमा पारिवारिक रुपमा राफ्टिङ गर्न सकिने प्रशस्त सम्भावना रहेको हुँदा यसलाई निरन्तर रुपमा संचालन गर्नुपर्ने बताए । 

कालीगण्डकी नदीको राम्दीदेखि देवघाटसम्म नियमित र्याफ्टिङ चलाउन कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञको टोली ३ खण्डमा परीक्षण गरेर महोत्सव नै आयोजना गरिएको हो ।

महोत्सव अवधीमा झन्डै ४ सय जनाले कालीगण्डकीमा र्याफ्टिङ्ग गरेर रामपुरको भुजात सिद्धबाबामा पुगेका छन् । धार्मिक, ऐतिहासिक र पर्यापर्यटकीय महत्व बोकेको कालीगण्डकी नदीसँग पर्यटनलाई जोड्दै नदिको महत्वलाई प्रचार गर्न महोत्सव आयोजना गरिएको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बताए । कालीगण्डकी नदीको रुपमा मात्र नभएर हाम्रो धार्मीक सभ्यतासंग पनि जोडिएको हुदाँ यसलाई जोगाइराख्न र प्रचार गर्न आफूहरु लागी परेको थापाको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर