• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पर्दा पछाडीका नायक : जसको पहलमा भयो २६ बालकको उद्दार 

जनकपुरधाम । प्रदेश दुईको विभिन्न जिल्लाका भारतको बालगृहमा रहेको २६ बालकलाई शुक्रबार उद्धार गरी ल्याइएको छ । नेपालको केन्द्रीय बाल समितिको प्रयासमा ती बालबालिकाहरुलाई नेपाल फर्काइएको हो । तर बालक उद्धार गर्नुमा जुन नायकको चर्चा हुनु पर्ने हो उसको प्रयासले चर्चासम्म भएको छैन । 

केन्द्रिय बाल समितिका अतिरिक्त बालक उद्धार गर्नुमा छोरा छोरी नामक एनजिओ र ग्रोइंग नेपालका अध्यक्ष सरोज रायको महत्वपूर्ण योगदान रह्यो । यिनीहरुकै पहलमा महोत्तरीको १२, धनुषाको ९, सिरहाको ३ र सर्लाहीको २ गरी २६ बालक शुक्रबार घर फर्केका छन् । 

तर, यती ठूलो अभियानको श्रेय छोरा छोरी नामक संस्थाले मात्रै लिन खोजेको रायको भनाई छ । उनले आफू बालक उद्धारका लागि सबैभन्दा पहिले पहल गरेको दावी समेत गरे । उनले एक पत्रकार सम्मेलन गरेर आफूले पहल नगरेको भए यति चाँडै बालकहरु घर नफर्कने दावी गरे । 

सरोजका अनुसार उनको व्हाट्सएपमा पहिलो पटक २९ मार्चमा भारत विहारको सीतामढीस्थित बरियारपट्टीमा रहेको बालगृहमा २६ जना नेपाली बालक रहेको मैसेज भारतको चाइल्ड वेलफेयर कमिटीबाट आएको थियो । त्यो मैसेज आएको भोली पल्टदेखि नै उनी बालक उद्धारमा संलग्न भएका थिए । 

भारतको चाइल्ड वेलफेयर कमिटीले होम भेरिफिकेसनका लागि भनेपछि रायले धनुषाका ९ बालको अभिभावकसंग सम्पर्क गरेर सर्वप्रथम भारत चिठी पठाएका थिए । तर उताबाट २६ वटै बच्चालाई एकैसाथ लग्न भनेपछि उनले केन्द्रिय बाल समितिलाई पहल गर्नका लागि अनुरोध गरेको जानकारी दिए । उनले भने –‘तर मैले अनुरोध गर्दा पनि बाल समितिलाई जे तदारुकता देखाउनु पर्ने थियो त्यो देखाउन सकेन ।’ पछि उनकै पहलमा महोत्तरीको १२ जना बालकको होम भेरिफिकेशन समेत गरिएको थियो । 

होम भेरिफिकेशन भएपछि मात्रै भारतको सो बालगृहबाट १८ अप्रिलका दिन केन्द्रिय बाल समिति, छोरा छोरी एनजिओ र सरोज रायलाई बालकहरुलाई लगि दिनका लागि पत्र आएको थियो । 

शुक्रबार भारतको चाइल्ड वेलफेयर सोसाइटीले नेपाली टोलीले बालकहरुलाई हस्तान्तरण गरेपछि मात्रै उनीहरु साँझ ६ बजे जनकपुरधाम आई पुगेका थिए । ती सबै बालकहरुको उमेर १४ वर्षदेखि १८ वर्षसम्म रहेको पाइएको छ । 

ती सबै बालक अलग अलग समूह बनाएर कामका लागि भारत गईरहेको समयमा भारतको चाइल्ड वेलफेयर कमिटीका सदस्यहरुले सीतामढीस्थित बसपार्कबाट आफ्नो नियन्त्रणमा लिइएको थियो । भारतमा १८ वर्षमुनिको बालकलाई श्रम गराउनुमा कडाई गरिएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । 

चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइएको छ ।

याे पनि ः

चेन्नई पुगेका किशोरको उद्धार

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर