• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सर्वोच्चका मुख्य न्यायाधीशमाथि लाग्यो यौन उत्पिडनको आरोप 

एजेन्सी । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश राजन गोगोइमाथि यौन शोषणको आरोप लागेको छ । सर्वोच्चकै पूर्व कर्मचारी ३५ वर्षे एक महिलाले गोगोइमाथि उक्त आरोप लगाएकी हुन् ।

गएको अक्टोबरमा मुख्य न्यायाधीश नियुक्त भएका गोगोइले नियुक्ति लगत्तै केहि समयपछिनै आफुमाथि यौन शोषण गरेको ती महिलाले उजुरी दिएकी छिन् । गोगोइले भने आफुमाथि लागेको आरोप पूर्णतया झुटो भएको बताएका छन् । आरोप लगाउने महिला पहिले गोगोइकै सहयोगी थिइन् । ती महिलाले सर्वोच्चका २२ जना न्यायाधीशलाई पत्र लेखेर आफुमाथि भएको शोषणको छानविन गर्नका लागि विशेष कमिटी गठन गर्न माग गरेकी छिन् । 

ती महिलाले गोगोइले १० र ११ अक्टोबरमा आफुमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । गोगोईले उक्त घटनाबारे कसैलाई नभन्न र यदि आफ्नो नाम कतै आएमा परिवारलाई नोक्सान पुग्ने भन्दै धम्कि दिएको पनि आफ्नो पत्रमा लेखेकी छिन् । घटनापछि आफुलाई तीनपटक सरुवा गरिएको र पछि कामबाट निकालिएको उनले बताएकी छिन् । 

महिलाको उजुरी लगत्तै सर्वोच्चको सचिवालयले वक्तव्य जारी गर्दै मुख्य न्यायाधीशमाथि लगाइएको आरोप भ्रमपूर्ण तथा कपोलकल्पित भएको बताएको छ । मुख्य न्यायाधीशसँग ति महिलाको प्रत्यक्ष साक्षात्कार नै नहुने गरेको वक्तव्यमा उल्लेख छ । साथै त्यसमा भनिएको छ, ‘महिलाले लगाएको आरोप उनी माथि लागेको भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाउनका लागि लगाइएको हुन सक्छ ।’ ती महिलालाई ‘अनैतिक’ काम गरेको भन्दै काम बाट निकालिएको बताइएको छ । 

महिलाको उजुरीपछि गोगोईले तीन सदस्यि बेन्चको आपतकालिन बैठक बोलाएर आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् । केहि महिला वकिलहरुले यस प्रकारको बैठकले यौन उत्पिडनको उजुरीका लागि तय गरिएको प्रकृयाको उल्लंघन हुने बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर