• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दृष्टिविहिन जापानी नाविकले पुरा गरे प्रशान्त महासागरको यात्रा 

एजेन्सी । सपना देख्न आँखा होइन दृष्टि चाहिन्छ र सपना पुरा गर्न दृष्टि चाहिँदैन देष्टिकोण चाहिन्छ । जापानका एक दृष्टिविहिन नाविकले १४ हजार किलोमिटर अर्थात ८७ सय माइल सामुद्रिक दुरी पार गरेर यसको पुष्टि गरेका छन् ।

५२ वर्षे मिसुहिरो लोमोतोले प्रशान्त महासागरको उक्त दुरी दुई महिनामा पुरा गर्दै किर्तिमान बनाएका हुन् । योसँगै उनी निरन्तर जहाज चलाएर समुद्र पार गर्ने पहिलो दृष्टिविहिन बनेका छन् । उनले आँखा देख्न सक्ने एकजना सहयोगीको मद्यतमा उक्त दुरी पार गरेका हुन् । उनले गएको २४ फेब्रुअरीमा अमेरिकाको क्यालिफोर्नियाबाट आफ्नो यात्रा सुरु गरेका थिए । 

यसअघि सन् २०१३ मा पहिलो पटकको प्रयासमा लोमोतो असफल भएका थिए । उनको जहाज एक ह्वेलमा अड्किएर डुबेपछि उनलाई जापानी सेनाको सहयोगमा उद्धार गरिएको थियो । शनिबार विहान फुकुसिमा पुगेका लोमोतोले क्योदो न्युजसँग भने, ‘दोस्रो प्रयासमा सफलता हात पार्नु सपना पूरा भएको क्षण हो’, म यो संसारकै सबैभन्दा खुशी मान्छे हुँ ।’ 

१६ वर्षको उमेरमा आफ्नो आँखाको ज्योती गुमाएका लोमोतोले सयोगीको निर्देशनमा जहाज चलाउँथे । सहयोगीले उनलाई हावाको दिशा, सम्भावित कठिनाइको बारेमा जानकारी दिने काम गरेका थिए । प्रशान्त महासागर कतै विश्राम नगरी पार गर्ने उनी पहिलो नाविक भएको जापान ब्लाइन्ड सेलिङ एसोसिएसनले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर