• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

बार्सिलोना  उपाधिको नजिक

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटलबको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराएको हो । 

जितसंगै बार्साले लिग तालिकामा ९ अंकको अग्रता लिएको छ ।खेलको ४५ औ मिनेटमा क्लेमेन्ट लेङ्गलेटको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो ।

जुआनमीले ६२ औ मिनेटमा पाहुना टोलीको तर्फबाट बराबरी गोल फर्काएका थिए । त्यसको दुई मिनेटपछि जोर्डी अल्बाले ६४ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाए ।

बार्सिलोनालाई लिग जित्न अब ६ अंक आवश्यक छ । लिगमा अझै पाँच खेल बाँकी छन् ।शनिबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले इबरलाई १–० ले हराएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर