• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बुन्डेसलिगामा बार्यनको अग्रता कायम

एजेन्सी । जर्मन बुन्डेसलिगामा शिर्ष स्थानको बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डसँग अग्रता बढाएको छ । उसले चार अंकको अग्रता बढाएको हो । 

शनिवार राति भएको खेलमा १० खेलाडीमा झरेको वेरदेर ब्रेमेनलाई एक शुन्यले हराउँदै बार्यनले पकड बनाएको हो । रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५८ औं मिनेटमा डिफेन्डर भिल्जकोभिच दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि वेरदेर १० खेलाडीमा झर्यो ।

जसको फाइदा लिदै बार्यनले ७५ औं मिनेटमा अग्रता बनायो । उसका लागि डिफेन्डर निकलस सुलीले गोल गर्न सफल भए । उनको यो सिजनको दोस्रो गोल हो । त्यसपछि वेरदेर खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि बार्यनले ३० खेलबाट ७० अंक बनाएको छ ।

दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको २९ खेलबाट ६६ अंक छ । यो सिजनमा बार्यनले चार खेल खेल्न बाँकि छ । अब उसलाई लगातार सातौ पटक लिगको उपाधि जित्न तीन जीत आवश्यक छ भने बोरुसियाले दुई खेल बराबरी खेलेपछि काफि हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर