• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आँबुखैरेनीमा विषादी प्रयोगशाला स्थापना

तनहुँ ।  गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ ।

तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो ।

आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण गरिनेछ । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले जानकारी दिए ।

प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिनेछ ।    सचिव दवाडीका अनुसार प्रयोगशालालाई आन्तरिक क्वारेन्टाइनको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर