• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चर्च र होटलमा भएको बिस्फोटमा कम्तिमा १३८ जनाको मृत्यु, सयौं घाइते

श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी कम्तिमा १३८ जनाको मृत्यु भएको छ ।  ६ स्थानमा भएको बिष्फोटमा परि सयौं घाइते भएको विविसीले जनाएको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो। श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।

कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।  यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। होटलमा भएको विस्फोटमा परी कतिजना हताहत भए भन्ने खुलाइएको छैन। आक्रमणको जिम्म कसैले पनि नलिएको सुरक्षा निकायले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर