सेयर बजारमा उछाल, कारोबारले अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्सेमा उछाल आएको छ । आज नेप्से सुचक ३१ दशमलव ८९ अंकले बढेर १ हजार २ सय ६४ दशमलव २० को बिन्दुमा आइपुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । आज १७१ कम्पनीको एक अर्ब दुई करोड चार लाख ३३ हजार ४३९ रुपैयाँको सेयर खरिदबिक्री भएका छन् । 

आज सर्वाधिक कमाउनेमा स्टान्डर्ड चार्टर्ड बैंकका लगानी लगानीकर्ताहरु रहेका छन् । बैंकको सेयर भाउ ९ दशमलव ९८ प्रतिशतले बढेको छ  । त्यस्तै एसबीआई बैंकको सेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै स्वेदेशी लघुवित्तको सेयर मूल्य ९ दशमलव ८६ प्रतिशत र हिमालयन बैंकको सेयर मूल्य ९ दशमलव शून्य २ प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर