• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रदेश दुई :२ सय मेगावाट सोलार जडानका लागि चौधरी ग्रुपसंग सम्झौता भएको हो ?

जनकपुरधाम । प्रदेशभरी विद्युत आपूर्ती सहज बनाउनका लागि प्रदेश दुई सरकारले सोलार जडान गर्ने योजना अगाडी बढाउन लागेको छ । 

देशभरी नै लोडसेडिंगको समस्या रहेको बेला यो समस्याबाट प्रदेशलाई मुक्ति दिलाउनका लागि प्रदेश सरकारले २ सय मेगावाट क्षमताको सोलार जडान गर्ने योजनाका साथ काम अगाडी बढाउन लागेको हो ।

प्रदेश दुईको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले प्रदेश सरकारले यसलाई प्रदेशकै गौरवको आयोजनाको रुपमा लिएर काम अगाडी बढाएको बताए । उनका अनुसार यसका लागि अलग्गै कार्यालय समेत स्थापना गरि सकिएको र अहिले कर्मचारी व्यवस्थापनको कार्य भईरहेको जानकारी दिए । 

उनका अनुसार परियोजनालाई मूर्त रुप दिनका लागि अहिले चरणगत रुपमा नितिगत रुपमा कुरा भईरहेको छ । अहिले नै कुनै ठोस योजना मन्त्रालयले नबनाएपनि सोलार जडान गर्ने परियोजना पूरा गरी छोड्ने लक्ष्य प्रदेश सरकारको लक्ष्य रहेको छ । परियोजना पूरा गर्नका लागि अर्बौ खर्च हुने भएकोले दाताहरुको खोजी भईरहेको सचिव घिमिरेले बताए । 

चौधरी ग्रुपसंग सम्झौता भएको हो ?
२ सय मेगावाट सोलार जडान गर्ने परियोजना गर्नका लागि प्रदेश सरकारले चौधरी ग्रुपसंग सम्झौता गरेको कुरालाई सचिव घिमिरेले अस्वीकार गरे । उनले नेपाल तथा प्रदेशलाई फाइदा पुग्ने गरी जो कोहीसंग सम्झौता गर्न सकिने बताए ।

यसका साथै २ सय मेगावाट सोलार जडान गर्न जग्गा पनि पर्याप्त चाहिने भएकोले केन्द्र सरकारसंग यस विषयमा कुरा अगाडी बढाइएको जानकारी दिए । कुन ठाउँमा सोलार जडान गरिने निश्चित नभएपनि महोत्तरीको बर्दिवासमा सोलार जडान गर्ने सम्भावना रहेको मन्त्रालय श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर