• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

श्रीलंकाका प्रधानमन्त्रीलाई फोन गर्दै ओलीले भने– श्रीलंकाको साथमा नेपाली जनता छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै  बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा  दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत वहाँ स्वयं र श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । कुराकानीका क्रममा  प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सम्वादका क्रममा प्रधानमन्त्री ओलीले  भने–‘श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’

प्रधानमन्त्री ओलीले फोन सम्वादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको   आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडान अनुसार  मानवता विरोधी  घटनाको भत्सर्ना गरेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले फोन सम्वादमा श्रीलंकामा भएको यस दुःखत घडीमा  श्रीलंकाका जनताको साथमा नेपाली जनता भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर