• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एकता प्रकृया टुङ्ग्याउन नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी एकता भएको झण्डै एक वर्ष पुग्न लाग्दा नेताहरुले एकताको प्रयास थालेका हुन् ।

सोमबार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारीका साथ नेताहरु छलफलमा जुटेको बुझिएको छ । 

जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुंगो लगाउन सचिवालय बैठक बालुवाटारमा जारी छ । 

आइतबार नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आइतबार काठमाडौमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपाले सोमबार काठमाडौमा आयोजना गर्ने बिशेष कार्यक्रममा एकताको घोषणा हुने बताएका  थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर