• मंगलबार ३-३१-२०७६/Tuesday 07-16-2019/ 12:54 am

बुटवलमा सडक क्षेत्रमा बनेका घर भत्काउन ७ मिने म्याद

बुटवल । सडक क्षेत्र अतिक्रमण गरी बुटवलमा बनाइएका घरहरु भत्काउन बुटवल – बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले ७ दिने म्याद दिएको छ । यस सडक खण्ड अन्तरगत बुटवलको मुख्य सडक खण्डमा सडक क्षेत्रमा घर बनाएकाहरुले पटक पटक आग्रह गर्दा पनि अटेर गर्दै आएको अवस्थामा आयोजनाले आइतवार सुचना जारी गर्दै घर भत्काउन भनेको छ । 

घरधनीलाई पटक पटक अतिक्रमित क्षेत्रमा रहेका घर भत्काउन अनुरोध गरेपनि वेवास्ता गरेको र सडक विस्तारमा बाधा पु¥याउँदै आएको भन्दै आयोजनाले अतिक्रमित घरहरु ७ दिन भित्र नभत्काउनेका आयोजनाले नै भत्काउने निर्णय गरेको जनाएको छ । 

आयोजनाले आइतबार सूचना प्रकाशित गर्दै एक साताभित्र घरधनी आफैलाई घर भत्काउन आग्रह गरेको र  यदि अटेर गरेमा आयोजना आफैले घर भत्काउने प्रष्ट पारेको छ । 

पटक पटक सडक बिस्तारको बिरोधमा उत्रेका घरधनीहरुले प्रमाण सहितका कागजातहरु पुरा गर्न नसकेपछि ती घरहरु भत्काउनु पर्ने अवस्था आएको आयोजनाको भनाई छ । 
 
यसअघि आयोजनाले १५ दिने सूचना प्रकाशित गर्दै स्वामित्वको प्रमाण पेश गर्न आग्रह गरेकोमा १ सय ५६ घरधनीले विभिन्न कागजात आयोजनाको मणिग्रामस्थित कार्यालयमा बुझाएका थिए । 

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डमा पर्ने करिव ३ सय १४ घरधनीमध्ये एकसय ५६ जनाले मुआव्जाका लागि निवेदन पेश गरेकोमा कसैको पनि रित नपुगेको आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख जिवेन्द्र मिश्रले म्याद भित्रै घरहरु आफै भत्काएरसहयोग पुरयाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अब घोडा चढेर काँग्रेविहार घुम्न पाईन्छ

  • ३० असार, २०७६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार अव घोडा चढेर घुम्न पाइने भएको छ । आज

लोकसेवाको विज्ञापनविरुद्वमा सुर्खेतमा सिठी जुलुस 

  • ३० असार, २०७६

सुर्खेत ।  नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतको नेतित्वमा आज लोकसेवाको विज्ञापनविरुद्व सुर्खेतमा सिठी जुलुस निकालिएको छ

स्थानीय तहका पदाधिकारीबीच द्वन्द्व बढ्दो 

  • ३० असार, २०७६

बुटवल । कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका उपप्रमुखहरूले आइतबार आयोजना गरिएका नगरसभा बहिष्कार गरे ।  कपिलवस्तु नगरपालिकाको नगरसभा