बुटवलमा सडक क्षेत्रमा बनेका घर भत्काउन ७ मिने म्याद

बुटवल । सडक क्षेत्र अतिक्रमण गरी बुटवलमा बनाइएका घरहरु भत्काउन बुटवल – बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले ७ दिने म्याद दिएको छ । यस सडक खण्ड अन्तरगत बुटवलको मुख्य सडक खण्डमा सडक क्षेत्रमा घर बनाएकाहरुले पटक पटक आग्रह गर्दा पनि अटेर गर्दै आएको अवस्थामा आयोजनाले आइतवार सुचना जारी गर्दै घर भत्काउन भनेको छ । 

घरधनीलाई पटक पटक अतिक्रमित क्षेत्रमा रहेका घर भत्काउन अनुरोध गरेपनि वेवास्ता गरेको र सडक विस्तारमा बाधा पु¥याउँदै आएको भन्दै आयोजनाले अतिक्रमित घरहरु ७ दिन भित्र नभत्काउनेका आयोजनाले नै भत्काउने निर्णय गरेको जनाएको छ । 

आयोजनाले आइतबार सूचना प्रकाशित गर्दै एक साताभित्र घरधनी आफैलाई घर भत्काउन आग्रह गरेको र  यदि अटेर गरेमा आयोजना आफैले घर भत्काउने प्रष्ट पारेको छ । 

पटक पटक सडक बिस्तारको बिरोधमा उत्रेका घरधनीहरुले प्रमाण सहितका कागजातहरु पुरा गर्न नसकेपछि ती घरहरु भत्काउनु पर्ने अवस्था आएको आयोजनाको भनाई छ । 
 
यसअघि आयोजनाले १५ दिने सूचना प्रकाशित गर्दै स्वामित्वको प्रमाण पेश गर्न आग्रह गरेकोमा १ सय ५६ घरधनीले विभिन्न कागजात आयोजनाको मणिग्रामस्थित कार्यालयमा बुझाएका थिए । 

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डमा पर्ने करिव ३ सय १४ घरधनीमध्ये एकसय ५६ जनाले मुआव्जाका लागि निवेदन पेश गरेकोमा कसैको पनि रित नपुगेको आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख जिवेन्द्र मिश्रले म्याद भित्रै घरहरु आफै भत्काएरसहयोग पुरयाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर