• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

नेकपाले टुङ्ग्यायो ७७ जिल्ला अध्यक्ष र सचिवको नाम, भोलि प्रज्ञा भवनमा सार्वजनिक गरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुङ्गो लगाएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, “बैठकले नेकपाका ७७ वटै जिल्लाको नेतृत्वको टुङ्गो लगाएको छ, अहिले अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ, बाँकी पार्टीको स्थापना दिवसका अवसरमा टुङ्गो लाग्नेछ ।” उनका अनुसार जनवर्गीय सङ्गठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामावली भने टुङ्गिन बाँकी छ । केही दिनभित्र त्यो पनि पूरा निष्कर्षमा पुग्ने उनले बताए ।

बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका नेता माधवकुमार नेपाल र पार्टीका महासचिव विष्णु पौडेलले पार्टीको एकता प्रक्रियालाई टुङ्याउने विषयमा गहन छलफल गरेका थिए । बैठकले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर