नतिजामा काम गर्न सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै बजेट भएका मन्त्रालयका सचिवहरुलाई नतिजा आउने गरि कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । आइतबार अर्थ मन्त्रालयमा बजेटको कार्यान्वयनको समिक्षा कार्यक्रममा वोल्दै अर्थमन्त्री खतिवडाले नतिजामुखी काम गर्न निर्देशनदिएका हुन् ।  

उनले सबै मन्त्रालयले अधिकतम प्रयास गरी बैशाख मसान्तसम्ममा दुई तिहाई पुँजिगत खर्चको नतिजा ल्याउन धेरै बजेट भएका मन्त्रालयलका सचिवहरुलाई निर्देशन दिए । 

उनले सरकारलाई बदनाम बनाउनकै लागी पुसमा सम्पन्न भएका कामको रकम पनि असारमा दिने गरिएको भन्दै सम्पन्न भएका परियोजना तथा आयोजनाहरुको रकम तत्काल भुक्तानी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिए ।

विल पेश भएर पनि तत्काल भुक्तानी नभएमा जिम्मेवार निकायहरु जवाफदेही हुनु पर्ने भन्र्दै मन्त्री खतिवडाले अर्थ मन्त्रालयले यसका लागी जस्तो सुकै सहयोग र सहजीकरण गर्न तयार भएको प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर