• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अनेसास जापानको ५० औँ स्वर्ण श्रृङ्खला यसरी मनाइयो 

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले नियमित बसाईको स्वर्ण  श्रृङ्खला पार गरेको छ । 

५० औं स्वर्ण  श्रृङ्खलाको अबसरमा टोकियोमा आयोजित कार्यक्रममा लेखक मिनराज बसन्तको पुस्तक ‘पिपिरी’को बिमोचन गरियो । सोलमारी मुरा हलमा आयोजित कार्यक्रममा लेखक बसन्तको पुस्तकको बिमोचन सहित अनेसास जापानको मुखपत्र अन्तरदृष्टि पुस्तकको बिमोचन समेत गरिएको छ । 

कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, अनेसास केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल माइला, पुर्व अध्यक्षहरु बेलुकाजी थापा, दिनेशराज ज्ञवाली,पत्रकार महासंघका जापानका पुर्व अध्यक्ष तिलक मल्ल,सुस्मा ओमाता कवि शेखर बिकल्प एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापा लगायतको  उपस्थिती रहेको थियो ।

प्रत्येक बर्ष आयोजना हुने सिटि एक्सप्रेस कविता प्रतियोगिताका उत्कृष्ट तिन शरद पोख्रेल, सविना रेग्मी र दिप मुस्कानको कवितालाई पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा अनेसासका जापान च्याप्टरका पुर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर