• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रयाङ्क

आज पनि मलाई उस्को यादले सताउछ, उस्को मायामा सङ्खा गर्नु ठुलो भूल थियो । उ पनि मलाई तेती नै माया गर्दीरहेछ जति म गर्थें । मेरो एउटा प्रयाङ्कले सब खत्तम भो।
यो कथा हो एक प्रेमिल जोडिको । 

म २ बर्षको लागी इन्डिया जादैछु पढ्न तर यो बीच नसोचनु कि म तिमीलाई बिर्सिन्छु। म फर्केर आउँदा तिमी सग लगाएको मायामा अलिकत्ती पनि कमी पाउने छैनौ ।

येस्तै बच्चा गरेर एउटा केटि आफ्नो प्रिय मान्छेसंग छुट्टीएको हुन्छे।  २ बर्ष पछी केटी आफ्नो पढाई सकेर आउँदा एता केटाको एक्क्सिडेन्ट भएको खबर पाउँछे । केटा काठमान्डौमा पढ्न होस्टेलमा बसेको हुन्छ । उसको त्याहाँ कोहि हुदैन। केटिले खबर पाउना साथ् केटालाइ भेट्न हस्पिटल जान्छे ।

आइ.सी.यु. अगाडी उसको अरु साथीहरुलाई भेट्छे। सबै डाक्टरको प्रतिक्षा गरिरहेका हुन्छन्। त्यतिकैमा डक्टर निस्किन्छ। डक्टरले केटाको अवस्था गम्भीर भएकोले तत्काल अपरेसन गर्नुपर्ने र अपरेसनको लागी ५० हजार रुपैयाँ लाग्ने बताउँछन् ।

साथीहरु एक अर्काको मुखा मुख गर्छन। एउटा साथीले उसको बुवा आममा गाउँमा बस्नु हुन्छ आउँन  समय लाग्ने भएकोले अहिले लाइ उपचार जारि राख्न अनुरोध गर्छ तर डक्टरले मान्दैन। केटिले जसरि भए पनि पैसा बुझाउने बिस्वास डक्टरलाई दिलाएर पैसा जुटाउन तिर लाग्छे ।

चर्को घाममा आत्तिएकी केटि पसिनाले निथुक्कै भिजेकी हुन्छे। पसिना पुछ्ने क्रममा उसको हात घाटीमा झुन्डिएको सिक्रीमा पुग्छ। सिक्री बेच्न पनि तैयार हुन्छे। सिक्री बेचेर पनि १० हजार पैसा कम हुन्छ ।

केटिले आफ्नो साथीहरुसग उधारोको लागी बिन्ती गर्छे , कसैसँग २ हजार त कसै सग ५ हजार गरेर पुरा ५० हजार बल्ल बल्ल पुगेको थियो ।

पुरै पैसा लिएर केटी हस्पिटल पुगी काउन्टरमा पैसा जम्मा गर्न खोज्दा हजारको दुइ वटा नोट पुगेन। बाटोमा खस्यो कि भनेर आत्तिदै कुदेर बाटो तिर जान्छे। बाटोमै खसेको हुदो रहेछ । 
उता केटा डक्टरलाई सोध्छ, मलाई भेट्न आउने केटी काहा गै भनेर, डक्टरले पैसा लिन गको कुरा सुनाउँछ।

धेरै बेर कुरेपछि केटाले भन्छ उस्लाई बोलाउन भनिदिनुस अब, अनि यो पनि भनिदिनुस कि यो सब नाटक थियो । मलाई केहि भको छैन । म त उसलाई प्रयाङ्क गरिरहेको थिए ।

एक्छिन पछी हस्पिटलामा एक्सिडेन्टल केस आको खबर डक्टरले पाउछ । डाक्टर उतै तिर जान्छ । एता केटा पनि छट्पट्टियेर केटीलाई फोन ट्राइ गरिरहेको हुन्छ, रिङ्ग जान्छ तर उठ्दैन । 

आदी घन्टा पछी डाक्टर आएर केटीको एक्सिडेन्टको खबर सुनाउछ। बाटोमा खसेको नोट देखेर निउरिएर टिप्न खोज्दा स्पीडमा आको एउटा गाडिले उस्लाई हानेको हुदोरहेछ। केटा रुदै आफुले गरेको गलतिको ठुलो सजाए पाएको भन्दै अफुलाई कहिल्याै माफ नगर्ने बताउछ। पछुताउनु बाहेक केहि थिएन । 

यो कस्तो समय आयो क्षणिक रमाइलोको लागि कसैको भावनासंग खेलबाड गरिन्छ, दुख दिइन्छ, अपमान गरिन्छ बिना कुनै हिनताबोध अनि ठान्दछन प्रयाङ्कको नाममा जे गर्न नि छुट छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर