• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 11:08 pm

सुरु भयो एक महिने रमजान पर्व (फोटोफिचर)

काठमाडौं । मुस्लिम समुदायको एक महिने पवित्र पर्व रमजान मंगलबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् ।

इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । यसै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।     
     
रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर चरित्रवान व्यक्ति बनाउने, गलत कार्य गरेमा पश्चात्ताप गर्ने, कसैमाथि अन्याय नगर्ने, झुट नबोल्नेका साथै असल कार्य गर्ने सम्बन्धमा प्रतिबद्धता प्रकट गर्ने रुपमा पनि लिने गरिएको छ । यसका साथै, यस पर्वमा दानको पनि विशेष महत्व पनि रहेको छ । गरीबलाई गरिने दानलाई ‘जकात’ भनिन्छ ।    
     
इस्लाम धर्मको पाँच स्तम्भमध्ये चारा स्तम्भ यस पर्वसँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । सूर्योदय हुनुअगावै गरिएको भोजनलाई ‘सहरी’ र सूर्यास्त भएपछि गरिने भोजनलाई ‘इफ्तार’ भन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर