• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बौद्ध सडकखण्ड तनावग्रस्त, सडक कालोपत्रे गर्न माग (फोटोफिचर)

काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीय बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो हुने गरेको छ । यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो ।

लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब ८० लाख खर्चिएको दाबी गरेको छ । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो । सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर