• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 02:47 am

बाटो पिच गर्न भन्दै गरेको बौद्धको आन्दोलनमा जे देखियो...[फोटो/भिडियो]

काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय प्रदर्शनमा उत्रिएका छन् । बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीय बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् । 

उनीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो हुने गरेको छ । यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब ८० लाख खर्चिएको दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साथी खोज्दै 'उल्लु' लाटोकोसेरो (फोटोफिचर)

  • ५ जेठ, २०७६

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले

बुद्ध जयन्तीमा बौद्धमा रंग र झण्डाको सजावट [फोटोफिचर]

  • ४ जेठ, २०७६

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्ती मनाइरहँदा काठमाडौंको बौछ्द्ध स्तुपामा भक्तजनहरुले स्तुपाको रंगरोगन गरेका छन् । वौद्ध

पत्रकारहरू सडकमा उत्रिए

  • ३ जेठ, २०७६

काठमाडौं । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघ,