• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 11:12 pm

मौरीपालनमा विमाको आवश्यक्ता, फस्ट्याउँदै व्यवसाय [फोटोफिचर]

ललितपुर । नेपालमा पछिल्लो समय मौरीपालन राम्रो आम्दानीको पेशाको रुपमा विकसित भएको छ । मौरीपालनको चलन नभएको बेलामा मानिसले जंगलि मौरीबाट मह संकलन गर्थे । आजभन्न्दा ४५ सय वर्षअघिदेखि मौरीलाई घरपालुवा बनाइएको परम्परागत विश्वास गरिन्छ । 

त्यतिबेलाको मह उत्पादन र अहिलेको आधुनिक मह उत्पादनमा निकै भिन्नता भेट्न सकिन्छ  । आधुनिक पद्धतियुक्त घार निर्माण गरी पालिन थालेपछि मौरीलाई कुनै असर नर्पुयाई मह निकाल्न सकिन्छ । मौरी व्यवसायमाा विमाको व्यवस्था सरकारले गरिदिएदेखि व्यवसायीहरु अझै उत्साहित हुने देखिन्छ । थोरै लगानीमा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यो व्यवसायमा आकर्षण बढेको हो । 

ललितपुरको गोदावरीमा नेपाल सरकार गोदावरी मौरी विकास शाखामाले यसको प्रवद्धका लागि मौरीपालन गरिरहेका छन् । त्यहाँ मौरीपालनमा संलग्नहरु पनि सरकारले यो व्यवसायलाई प्रवद्धन गरेर आर्थीक रुपमा सबल बन्नका लागि केन्द्रीय तहदेखि नै कार्यक्रमहरु आयोजन गर्नपर्ने बताउँछन्  ।

मौरीका प्रजाति
मौरीका धेरै प्रजाति छन् । केही मौरी जंगली हन्छन् । तर पाल्नका लागि सामाजिक मौरीका प्रजाति उत्तम मानिन्छ । नेपालमा अहिले आर्थिक हिसाबले पालिने मौरी दुई प्रकारका मात्रै छन्, एपी सेरेना र मेला फेरा । एपी सेरेनाको उत्पत्ति एसियाबाट भएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर